यथार्थः बौद्धमार्ग र यसको लक्ष्यको आधार

बुद्धत्व प्राप्तिपछिको पहिलो उपदेशमा शाक्यमुनि बुद्धले चार आर्यसत्यको शिक्षा दिनुभएको थियो। त्यसपछिको आफ्नो सम्पूर्ण जीवन बुद्धले ती चार आर्यसत्यलाई व्यवहारमा उतार्न आवश्यक यथार्थसम्बन्धी दुई बौद्ध विश्लेषण (दुई सत्य) को बोध र अन्तिम लक्ष्य तथा त्यहाँसम्म पुग्ने उपाय (तीन शरण रत्न) को ज्ञानलाई आफ्नै अनुभूतिको स्तरबाट बाँड्नुभयो। परम पूजनीय दलाई लामाले एक छोटो वन्दना लेख्दै यी तीन आधारभूत पक्षहरूबीचको प्रगाढ सम्बन्धलाई दर्शाउनुभएको छ। यो वन्दनामाथिको विश्लेषणबाट प्रमुख बौद्ध शिक्षाहरूलाई समन्वित गर्दै कसरी चिन्तन गर्ने र सार्थक निष्कर्षसम्म कसरी पुग्ने, जान्न सकिन्छ।

Top