चित्तको ज्ञान

चित्तलाई अशान्त गर्ने मनोभावहरूलाई पराजित गर्न र आफ्नो चित्तको पूर्ण क्षमताको विकास गर्नका लागि चित्तले कसरी काम गर्छ भन्ने बुझ्नु जरुरी छ। बौद्धदर्शनले चित्तको एक व्यापक खाका प्रस्तुत गरेको छ, जसबाट हाम्रो मनोभावहरू र वैचारिक तथा निर्वैचारिक मनोदशाहरूले कसरी काम गर्छन् भन्ने जानिन्छ। यो ज्ञानको उपयोग गर्दै हामी स्थापित तथा त्रुटिपूर्ण विचारहरूलाई छुट्याउन सक्छौं, आफ्नो जीवनका भोगाईहरूबाट वैचारिक भागलाई छुट्याउन सक्छौं, र आफ्नो चित्तलाई नियंत्रित गर्ने विधि सिक्न सक्छौं।
Top