लिङ रिन्पोछेको सन्देश

इन्टरनेटका माध्यमबाट सजिलोसँग विस्तृत रूपमा सूचना प्राप्त गर्न सकिने भएकाले बुद्धधर्म र तिब्बती संस्कृतिका अन्य पक्षहरूबारे जान्न इच्छुक विश्वका धेरै मानिसहरूले यसलाई सूचनाको पहिलो स्रोतका रूपमा प्रयोग गर्ने गरेका छन्। अध्ययनको थप गहिराइमा जान चाहने मानिसहरू योग्य शिक्षक खोज्छन् र अवसर पाउने बित्तिकै उनीहरुसँग अध्ययन गर्न थाल्छन्। त्यस्ता व्यक्तिहरूका लागि उनीहरूको अध्ययनमा पूरकको रूपमा इन्टरनेटले महत्वपूर्ण स्रोत उपलब्ध गराउने काम गर्दछ। तर विभिन्न कारणले केही मानिसहरू यति भाग्यमानी हुँदैनन्, र योग्य शिक्षक फेला पार्न सक्दैनन्। फेला पारिहाले पनि आर्थिक वा संगठनात्मक कारणले उनीहरूको ती शिक्षकसँग पहुँच नहुन सक्छ। तिनीहरूका लागि इन्टरनेट शिक्षाको अझ महत्त्वपूर्ण स्रोत बन्न सक्छ।

इन्टरनेटमा बौद्ध धर्म र तिब्बती संस्कृतिसम्बन्धी धेरै साइटहरू उपलब्ध छन्। केहीले सही जानकारी प्रदान गर्छन्, तर दुर्भाग्यवश केही कम विश्वसनीय छन्। यस सन्दर्भमा मलाई धेरै खुशी लागेको छ कि एलेक्स बर्जिनले ‘बर्जिन आर्काइभ्स्’ नामको वेबसाइट तयार गरेका छन्, जसले निःशुल्क रूपमा विभिन्न भाषाहरूमा प्रामाणिक सामग्री उपलब्ध गराउँछ। म यो कुरामा पनि खुशी छु कि उनले यसमा रहेका सामग्रीलाई अशक्तहरूका लागि पनि पहुँचयोग्य बनाउन कोशिस गरेका छन्, जसका बारेमा दुर्भाग्यवश धेरैले सोच्दैनन्।

एलेक्स मेरो पूर्ववर्ती योङ्जिन लिङ रिन्पोछेको विद्यार्थी र अस्थायी अनुवादक थिए। वर्तमान जीवनकालमा पनि हाम्रो आत्मीयता उस्तै रहेको छ। जानकारी र आध्यात्मिक प्रशिक्षण प्रदान गर्नका लागि परम्परागत तथा आधुनिक विधिहरूको यो बौद्धिक र करुणापूर्ण मिश्रणका माध्यमबाट संसारमा शान्ति र खुशी फैलियोस्।

मे १९, २००९
लिङ रिन्पोछे

Top