परम पूजनीय दलाई लामाको सन्देश

हामी एक्काइसौं शताब्दीमा अगाडि बढ्दै गर्दा, विश्वव्यापी रुपमा सूचना प्रवाहका लागि इन्टरनेट अझ धेरै व्यापक र महत्त्वपूर्ण माध्यम हुँदै गएको छ। बौद्ध शिक्षा, यसको इतिहास, र तिब्बती संस्कृतिसम्बन्धी विविध विषयका जानकारी प्रवाहका लागि पनि यही कुरा लागु हुन्छ। खासगरी पुस्तकहरू र योग्य शिक्षकहरू नपाइने ठाउँमा इन्टरनेट असंख्य व्यक्तिहरूका लागि सूचनाको मुख्य स्रोत भएको छ।

संसारमा मिथ्याबोध र सांप्रदायिकता सामान्य कुरा भएको छ। मतभेदको कारकका रुपमा रहेको अज्ञानलाई हटाउने सबैभन्दा शक्तिशाली उपाय शिक्षा हो। यस सन्दर्भमा म डा. अलेक्जेण्डर बर्जिनको यो बहुभाषिक वेबसाइट www.berzinarchives.com लाई स्वागत गर्छु, जसले शिक्षाको एक महत्वपूर्ण माध्यमका रुपमा बुद्धधर्म र तिब्बती संस्कृतिका विविध स्कूलहरू र पक्षहरूबारे जानकारी दिने लेखहरूको एक विशाल श्रृंखलालाई विश्वव्यापी रूपमा अनलाइनबाट उपलब्ध गराउँछ।

जनवरी २६ , २००७
परम पूजनीय दलाई लामा

Top