खुशीका ८ बौद्ध उपाय

How to 8 tips for happiness?sha=2419aed6778a7d5b

हामी सबै खुशीको अनुभूति गर्न चाहन्छौं, चाहे जे सुकै होस्। तर कसरी सधैं खुशी भैरहने ? खुशी हुनका लागि केही बौद्ध सल्लाहहरू यहाँ प्रस्तुत छन्।

  1. हरेक दिन केही समय शान्तिका लागि छुट्याउनुहोस्। श्वासमा ध्यान केन्द्रित गर्दै केही समय शान्त रहनुहोस्।
  2. अरूसँग भएको बेला आफूले कस्तो व्यवहार गर्छु र कसरी बोल्छु भन्ने कुरालाई ध्यान दिनुहोस्। आफू एक्लै भएको बेला मनमा के भइरहेको छ, त्यसप्रति सजग हुनुस्। रचनात्मक तरिकाले कार्य गर्ने, बोल्ने र सोच्ने प्रयास गर्नुहोस्।
  3. दिनहुँ कसैका लागि केही राम्रो काम गर्नुहोस्। भित्रदेखि नै उनीहरूको खुशीको ख्याल राख्नुहोस्।
  4. अरुप्रति उदार हुनुहोस्। यसले तपाईंको आत्म–सम्मानको भावनामा बृद्धि हुनेछ।
  5. आफ्नै र अरुको राम्रा पक्षहरूमा ध्यान दिनुहोस्। समस्याहरू आएमा उपयोगी सल्लाह दिनुहोस्।
  6. अरूले गरेका गल्तीलाई छाडिदिनुस्। क्षमाको अभ्यास गर्नुहोस्।
  7. आफ्नै गल्तीहरूलाई पनि जान दिनुहोस्। आफैँलाई माफ गर्नुहोस्।
  1.  वास्तविकता स्वीकार्नुहोस्। जीवनमा उतार–चढावहरू आउँछन्, तर जे भए पनि नराम्रा चीजहरू एक न एक दिन सकिन्छन्।

खुशी कतै बाहिरबाट आउने होइन, यसमा तपाईंले आफैँ काम गर्नुपर्नेछ। अभ्यास गर्यो भने सबैजना खुशीपूर्वक जीवन बिताउन सक्छन्।

Top