१० मूलभूत बौद्ध मान्यता

10%20basic%20buddhist%20beliefs
  1. हरेक मानिस जीवनमा खुशी चाहन्छन्। तर थोरैले मात्र खुशीको अर्थ बुझेका हुन्छन्। थोरैले मात्र कसरी खुशी हुने भन्ने जानेका हुन्छन्।  
  2. हामीले के अनुभव गर्छौं भन्ने कुरा हाम्रो मनोभाव र दृष्टिकोणमा भर पर्छ। अभ्यास र प्रशिक्षणबाट हामी नकारात्मक मनोभाव र दृष्टिकोणहरूबाट मुक्ति पाउन सक्छौं तथा सकारात्मक र स्वस्थकर भावहरूको विकास गर्न सक्छौं। त्यसो गरेमा हाम्रो जीवन अझ सुखी र सन्तोषप्रद हुन्छ।
  3. रिस, डर, लोभ र मोहजस्ता अशान्तकारी मनोभावहरूले हाम्रो चित्तको शान्तिलाई भंग गर्छन् र हामीले आत्मनियन्त्रण गुमाउँछौं। तर अभ्यासमार्फत हामी त्यस्ता भावहरूको चंगुलबाट आफूलाई मुक्त गराउन सक्छौं। 
  4. रिस र लोभको वसमा परी व्यवहार गर्नाले हाम्रा लागि समस्याहरू उत्पन्न हुन्छन्। यसले हामीलाई दुःखतर्फ धकेल्छ। तर अभ्यासमार्फत हामी आफूलाई शान्त गराउन र स्पष्टसँग सोच्न तथा विवेकपूर्ण व्यवहार गर्न सक्छौं।
  5. प्रेम, करुणा, धैर्य र विवेकजस्ता सकारात्मक मनोभावहरूले हामीलाई शान्त रहन र खुला तथा सफा हृदयको बन्न सहयोग गर्छन्। यस्ता भावहरूले हामीलाई खुशी बनाउँछन्। अभ्यासमार्फत हामी यस्ता भावहरूको विकास गर्न सक्छौं।
  6. आत्मकेन्द्रित तथा स्वार्थी व्यवहार र सोचले हामीलाई अरुबाट अलग राख्छ र दुःखी तुल्याउँछ। अभ्यासमार्फत हामी यस्ता भाव र सोचबाट मुक्ति पाउन सक्छौं।
  7. हामी सबै अन्तरसम्बन्धित छौं भन्ने बोध भएपछि र हाम्रो अस्तित्व पनि एक आपसमा निर्भर गर्छ भन्ने बुझेपछि हामी एक अर्काको ख्याल राख्न थाल्छौं। यसले हामीलाई खुशी बनाउँछ।
  8. प्रायजसो हामी आफूमा र अरुमा जे देख्छौं, त्यसको धेरै अंश हाम्रो आफ्नै मिथ्यादृष्टि र त्यसका कारण हामीले गर्ने कल्पनामा आधारित हुन्छ। आफ्नो कल्पनालाई नै सत्य भन्ठानेका कारण हामी आफू र अरुका लागि समस्याहरू खडा गर्न थाल्छौं।
  9.  सही बोध भयो भने हामी भ्रमबाट मुक्ति पाई वास्तविकता देख्न सक्छौं। यो बोधको सहायताले हामी जीवनमा कुनै पनि प्रकारको परिस्थितिलाई शान्त चित्त र समझदारीपूर्वक सुल्झाउन सक्छौं।
  10. आफैंमा परिवर्तन ल्याई जीवन अझ राम्रोसँग जीउनु भनेको जीवन पर्यन्त चल्ने प्रक्रिया हो। त्यो दिशामा प्रयत्न गर्नु नै जीवनको सबैभन्दा सार्थक काम पनि हो।
Top