Study buddhism tsenzhab serkong tulku 400

चेन्शाब सेरकोँग रिन्पोछे द्वितीय

दुई वर्षको उमेरमा चेन्शाब सेरकोँग रिन्पोछे द्वितीय (१९८४ –) ले एउटा तस्वीर देखाउँदै भन्नुभयो – “त्यो त म हुँ!” त्यो तस्वीर चौधौं दलाई लामाका दिवंगत सहायक निजी शिक्षक चेन्शाब सेरकोँग रिन्पोछेको थियो। पूर्ववती चेन्शाब सेरकोँग रिन्पोछेको अवतारको रूपमा चिनिएका युवा टुल्कुले आफ्नो प्रारम्भिक बौद्ध शिक्षा दक्षिण भारतस्थित गान्देन जाङ्चे गुम्बामा प्राप्त गर्नुभयो। साधारण मानिसका रूपमा धर्मका लागि काम गरिरहने प्रतिबद्धतासाथ उहाँले आफ्नो शिक्षा धर्मशालास्थित बौद्ध द्वन्द्ववाद संस्थान (इन्टिच्यूट अफ बुद्धिष्ट डायलेक्टिक्स) बाट पूरा गर्नुभयो। दलाई लामाकै सल्लाहमा उहाँले क्यानडामा अंग्रेजी भाषाको दुई वर्षे गहन अध्ययन पूरा गर्नुभएको छ र हाल उच्चतर बौद्ध शिक्षाका लागि अध्ययनरत हुनुहुन्छ।

Top