उच्च अध्ययन

हामी जति भित्र डुबेर बौद्ध शिक्षाको अध्ययन गर्छौं, जीवन परिवर्तन गर्ने हाम्रो साधना त्यति नै धेरै प्रभावकारी हुँदै जान्छ। हाम्रो चित्त अत्यन्तै जटिल छ, र उक्त जटिलताको सामना गर्न हामीलाई एक उन्नत विधिको आवश्यकता पर्दछ। धर्मको गहन अध्ययनले हामीलाई यस्तै विधिसँग परिचित गराउँछ। कुनै चित्र–पहेलीका विभिन्न टुक्राहरूलाई भेला पारेर मिलाएजस्तै हामीले धर्मका विभिन्न अंगलाई एकत्रित गरेर तिनमा चिन्तन मनन र ध्यान गर्दै आफ्नो दैनिक जीवनमा उतार्न सक्छौं।
Top