आध्यात्मिक गुरुहरू

सिद्ध गुरुहरूको अटूट श्रृंखलामार्फत उहाँहरूको शिक्षाको स्रोत बुद्ध नै भएको स्थापित गर्न सकियो भने मात्र बौद्ध शिक्षालाई आधिकारिक मान्न सकिन्छ । आधिकारिक भएको कुरामा आश्वस्त हुन सकेमा मात्र हामी उक्त शिक्षाको अनुसरण गर्न प्रयत्नशील हुन्छौंंर ती शिक्षालाई सही ढंगले बुझेर सही प्रयोग गर्दै वाञ्छित लाभकारी परिणाम हासिल गर्न सक्छौं।

शाक्यमुनि बुद्ध

२५०० वर्षअघि भारतवर्षमा रहनुभएका शाक्यमुनि बुद्ध एक महान गुरू हुनुहुन्थ्यो। आफूले बुद्धत्व प्राप्त गरेपछि उहाँले अरुलाई पनि सो बाटो देखाउनुभयो।

नागार्जुन

नागार्जुन बुद्धको शून्यताको शिक्षाको व्याख्या गर्ने अग्रणी भारतीय आचार्य हुनुहुन्थ्यो।

आर्यदेव

ईस्वी दोश्रो शताब्दीको मध्यदेखि तेश्रो शताब्दीको मध्यका आर्यदेव नागार्जुनको प्रमुख शिष्य हुनुहुन्थ्यो। उहाँले नागार्जुनको शून्यतासम्बन्धी शिक्षणको थप व्याख्या र विस्तार गर्नुभएको थियो।

शान्तिदेव

शान्तिदेव बोधिसत्त्वहरूको आचार र साधनाको ब्याख्या गर्ने महान् भारतीय आचार्य हुनुहुन्थ्यो।

अतिश

तिब्बतमा बुद्धधर्मको अल्पकालीन ह्रासपश्चात् अतिशले भारतबाट फेरी तिब्बतमा बुद्धधर्मको पुनःस्थापना गराउनुभएको थियो।

चौधौं दलाई लामा

चौधौं दलाई लामा तिब्बती बुद्धधर्मका आध्यात्मिक प्रमुख हुनुहुन्छ। उहाँलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो। अहिंसा र करुणाको प्रतीकका रुपमा उहाँ विश्वप्रसिद्ध हुनुहुन्छ।

योङ्जिन लिङ रिन्पोछे

योङ्जिन लिङ रिन्पोछे चौधौं दलाई लामा तथा गेलुग्पा परम्पराका ९७औं आध्यात्मिक प्रमुख गान्देन ठिपाका वरिष्ठ निजी आचार्य हुनुहुन्थ्यो। उहाँ सूत्र तथा तन्त्र दुवैका ज्ञाता हुनुहुन्थ्यो।

चेन्शाब सेरकोँग रिन्पोछे

चेन्शाब सेरकोँग रिन्पोछे चौधौं दलाई लामाका प्रधान वाद-विवाद सहयोगी तथा शिक्षकहरूमध्ये एक हुनुहुन्थ्यो। उहाँ तिब्बती बुद्धधर्मका सवै क्षेत्रका विद्वान आचार्य हुनुहुन्थ्यो।

चेन्शाब सेरकोँग रिन्पोछे द्वितीय

चेन्शाब सेरकोँग रिन्पोछे द्वितीय चेन्शाब सेरकोँग रिन्पोछेकै पुन अवतार लिएका “टुल्कु” हुनुहुन्छ।

गेशे ङावाङ् धार्ग्ये

गेशे ङावाङ् धार्ग्ये भारतको धर्मशालास्थित लाइब्रेरी अफ तिब्बेतन वर्क्स एन्ड आर्काइव्समा पश्चिमी विद्यार्थीका लागि बुद्ध धर्मको पहिलो शिक्षक हुनुहुन्थ्यो।
Top