शान्तिदेव

आठौं शताब्दीका भारतीय आचार्य शान्तिदेवको शिक्षा सबै तिब्बती परम्परामा बोधिसत्त्वसबन्धी ज्ञानको स्रोतका रूपमा रहेको छ। खासगरी ६ पारमिताको अभ्यासमा उनको शिक्षाको महत्त्व विशेष छ।

शान्तिदेव आठौँ शताब्दीमा पूर्व भारतको बंगाल क्षेत्रको एउटा राज्यका राजाको पुत्रका रूपमा जन्मनुभएको थियो। जब उहाँ सिंहासनमा आरोहण गर्नु लाग्नुभएको थियो, उहाँलाई मञ्जुश्रीको सपना देखे, जसले भन्नुभयो, “सिंहासन तिम्रो लागि होइन।” मञ्जुश्रीको सल्लाह मान्दै, उहाँले सिंहासन त्याग्नुभयो र जंगलमा गमन गर्नुभयो। त्यहाँ उहाँले विभिन्न गैर-बौद्ध गुरुहरूसँग भेटेर अध्ययन गर्नुभयो, गहिरो ध्यान गर्नुभयो र उन्नत समाधि अवस्थाहरू प्राप्त गर्नुभयो। तर शाक्यमुनि बुद्धको जस्तै, उहाँले पनि बुझ्नुभयो कि गहिरा समाधिमा तल्लीन हुनु मात्रले दुःखका जराहरू नष्ट हुँदैनन्। मञ्जुश्रीमा भर पर्दै, अन्ततः उहाँले सबै बुद्धहरूको प्रज्ञाको प्रतीक मञ्जुश्रीको प्रत्यक्ष दर्शन गर्नुभयो र उहाँबाट शिक्षाहरू प्राप्त गर्नुभयो।

शान्तिदेव त्यसपछि जंगल छोडेर नालन्दा बौद्ध विश्वविद्यालय गए, जहाँ उहाँले मठाधीशबाट भिक्षुको रूपमा दीक्षा लिए। त्यहाँ उहाँले महान् सूत्र र तन्त्रहरूको अध्ययन गरे र गहिरो रूपमा अभ्यास गरे, तर आफ्नो सबै अभ्यासहरू लुकाए। सबैले सोचे कि उनले खाने, सुत्ने र शौचालय जाने बाहेक केही गर्दैनन्। तर वास्तवमा, उहाँ सधैं स्पष्ट प्रकाश ध्यानावस्थामा रहन्थे।

अन्ततः, गुम्बाका भिक्षुहरूले उहाँलाई काम नलाग्ने ठानेर निकाल्ने निर्णय गरे। बहानाको रूपमा, उनीहरूले उहाँलाई मौलिक ग्रन्थमाथि प्रवचन दिनुपर्छ भने, ताकि उनी मूर्ख बनेझैँ देखिउन् भन्ने सोचे। उनीहरूले भर्‍याङ नभएको अति अग्लो सिंहासन तयार पारे, उनले त्यहाँ पुग्न सक्दैनन् भन्ने धारणा राखे। तर सिंहासन आफैं तल झरेर शान्तिदेवको स्तरमा आयो, जसले गर्दा उहाँले सजिलै चढ्न सक्नुभयो।

त्यसपछि उहाँले बोधिसत्त्व आचरणमा प्रवेश, बोधिचर्यावतार को शिक्षा दिनु थाल्नु भयो। जब उहाँ शून्यता सम्बन्धी नवौं अध्यायको एउटा श्लोकमा पुगे, उहाँ बिस्तारै आकाशमा उठ्न थाल्नुभयो। त्यो श्लोक यो थियो:

(IX.34) जब कुनै (वास्तविक रूपमा विद्यमान) कार्यशील घटना वा कुनै (वास्तविक रूपमा विद्यमान) गैर-कार्यशील घटना (यसको शून्यता) द्वैतवादी मनको अगाडि रहँदैन, त्यसपछि अन्य विकल्पहरू सम्भव नभएकोले, (असम्भवमा) मानसिक लक्ष्य नभएको (अवस्थामा) पूर्ण शान्ति हुन्छ।

त्यसपछि बाँकी ग्रन्थ उच्चारण गरिरहेको उहाँको आवाज मात्र सुनियो। उहाँ स्वयं दृश्यबाट अदृश्य भइसकेका थिए। पछि भिक्षुहरूले स्मरणशक्ति आधारमा त्यो ग्रन्थ लेखे।

आफ्नो शिक्षामा शान्तिदेवले नालन्दामा लेखेका दुई अन्य ग्रन्थहरूको उल्लेख गर्नुभयो। : (१) शिक्षा समुच्चय र (२) सूत्र समुच्चय। तर ती कहाँ भेटिन्छन् भन्ने कसैलाई थाहा थिएन। अन्ततः कसैलाई शान्तिदेवको दर्शन भयो, जसमा उहाँले भन्नु भयो कि ती ग्रन्थहरू कुनै भिक्षुको कोठाको छानाको धरनमा लुकाइका छन्। त्यस दर्शनमा शान्तिदेवले आफू पुनः फर्किने नभएको पनि भन्नु भयो।

सूत्र समुच्चयले सूत्रहरूको मुख्य बिन्दुहरू सारांश प्रस्तुत गर्छ, भने शिक्षा समुच्चयले सूत्र सम्बन्धी अभ्यासहरूको सारांश दिन्छ। दोस्रो ग्रन्थको साथै बोधिचर्यावतारको तिब्बती अनुवाद तेन्ग्युरमा पाइन्छ, जुन बुद्धवचनका भारतीय टीकाहरूको तिब्बती अनुवादहरूको संग्रह हो। खुनु लामा रिन्पोछे अनुसार, सूत्र समुच्चय पनि तिब्बतीमा अनुवाद गरिएको थियो, तर त्यो तेन्ग्युरमा पाइँदैन।

बोधिचर्यावतारमा, विशेषगरी नवौं अध्यायमा, धेरै टीकाहरू लेखिएका छन्। तिब्बती टीकाहरू सबै परम्परामा पाइन्छन्, किनभने यो ग्रन्थ तिब्बतका सबै बौद्ध सम्प्रदायहरूको लागि केन्द्रीय मानिन्छ। गेलुग परम्परामा, चोङ्खापाको मार्गको क्रमबद्ध चरणहरूको विस्तृत प्रस्तुति (लम रिम छेन्मो) शिक्षा समुच्चय र बोधिचर्यावतारमा धेरै हदसम्म आधारित छ, विशेषगरी आत्म र अन्यहरूको सम्बन्धी शिक्षामा। चोङ्खापाले बोधिचर्यावतारको छुट्टै टीका नलेखे पनि, उहाँको लाम–रिम छेन्मो ले त्यसमा छलफल भएका धेरै विषयलाई समेटेको छ। उहाँको व्याख्यात्मक र निश्चित अर्थहरूको उत्कृष्ट व्याख्याको सार (डाङ् ङेस लेग्श्ये ञिङपो ) ले नवौं अध्यायका धेरै अंशहरू समेटेको छ। त्यस्तै, उहाँको मध्यमकाविषयक चन्द्रकीर्तिको "मध्यमकावतार" को अभिप्रायहरूलाई पूर्ण रूपमा स्पष्ट गर्ने (वुमा गोङ्पा रब्साल) पनि यसै ग्रन्थमा दृढतापूर्वक आधारित छ।

परम पावन चौधौं दलाई लामाद्वारा "बोधिसत्त्व आचरणमा प्रवेश" सम्बन्धी प्रवचनको अंश, बोधगया, भारत, जनवरी १९७८, डा. अलेक्जान्डर बर्जिनद्वारा अनुवादित र सम्पादित
तस्विरको स्रोत: himalayanart.org
Top