Study buddhism buddha 410

शाक्यमुनि बुद्ध

तात्कालीन भारत र नेपालका सीमावर्ती क्षेत्रमा आजभन्दा २५०० वर्षपहिला वस्नुहुने शाक्यमुनि बुद्धले गहिरो ध्यान र व्यक्तिगत अनुभवका आधारमा जीवन र जगतको यथार्थ ज्ञान प्राप्त गर्नुभएको थियो। यो ज्ञानमार्फत उहाँले सबै भ्रान्ति र कमजोरीबाट पार पाउन सक्नुभएको थियो। यसैमार्फत उहाँले आफ्नो सही क्षमता पहिचान गर्नसक्नुभएको थियो र बुद्धत्वको अवस्थामा पुग्नुभएको थियो। आफ्नो बाँकी जीवन यही ज्ञान फैलाउने काममा समर्पित गर्दै बुद्धले अरुलाई पनि आफ्ना जीवनका कठिनाईहरूबाट मुक्ति पाउने बाटो देखाउनुभएको थियो।

Top