चौधौं दलाई लामा

चौधौं दलाई लामा (१९३५–) तिब्बती बुद्धधर्मका आध्यात्मिक प्रमुख हुनुहुन्छ। उहाँलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो। आफ्ना तीन प्रमुख प्रतिबद्धताहरू –– एक मनुष्यका रूपमा करुणा, क्षमा र सहनशीलताका आधारभूत मानव–मूल्यहरू, एक धर्मसाधकका रूपमा अन्तरधार्मिक सामञ्जस्य र समझदारी, तथा एक तिब्बतीका रूपमा शान्ति र अहिंसाप्रेरित तिब्बती बौद्ध संस्कृति –– को प्रवर्द्धनको प्रयासमा अनवरत क्रियाशील रहँदै विश्वभ्रमणमा हुनुहुन्छ।   

Top