मार्गक्रमको परिचय

अक्सर भन्ने गरिन्छ कि बुद्धले ८४,००० उपदेशहरू दिनुभएको थियो, किनकि उहाँले दिनुभएका शिक्षा विषय र विवरणका हिसाबले धेरै विविध र विस्तृत थिए। विभिन्न सूत्रहरूको अध्ययन गरेर हामी धेरै फाइदा लिन सक्दछौं, यद्यपि हाम्रा लागि वास्तविक अर्थमा लाभ प्रदान गर्नसक्ने गरी ती शिक्षाहरूको सारलाई प्रभावकारी रूपमा बुझ्न गाह्रो हुन्छ। यहाँ हामी भारत र तिब्बतका आचार्यहरूले कसरी बुद्धको सम्पूर्ण शिक्षालाई क्रमिक रुपमा प्रस्तुत गरेका छन् भन्ने कुरा बुझ्ने कोशिस गर्नेछौं, जसलाई तिब्बती भाषामा “लाम–रिम” भनिन्छ। यो क्रमिक पथलाई पछ्याउँदै हामी बुद्धत्वको अवस्थासम्म पुग्न सक्छौं।

Top