चेन्शाब सेरकोँग रिन्पोछे द्वितीयको सन्देश

एलेक्स बर्जिन मेरा पूर्ववर्ती अघिल्लो चेन्शाब सेरकोँग रिन्पोछेका घनिष्ठ शिष्य र दोभाषे थिए। वर्तमान जीवनकालमा पनि हामीले कुनै अवरोध बिना आफ्नो घनिष्ठ धर्मसम्बन्धलाई निरन्तरता दिएका छौं। बर्जिन आर्काइभ्स् मा एलेक्सले अनुवाद गरेका मेरो पूर्ववर्तीका धेरै शिक्षाहरू, साथै एलेक्सले आफैँलाई दिएका धेरै सुस्पष्ट शिक्षाहरू समावेश छन्। मलाई धेरै खुसी लागेको छ कि उनले मेरो पूर्ववर्तीको गैरसाम्प्रदायिक परम्परालाई निरन्तरता दिँदै यसलाई यति धेरै भाषाहरूमा यति धेरै मानिसका लागि उपलब्ध गराएका छन्।

मेरो हार्दिक प्रार्थना छ, उनको यो कार्य बढ्दै जाओस् र वेबसाइट आउँदा पुस्ताहरूका लागि एक सच्चा जानकारी र प्रेरणाको स्रोतका रूपमा रहोस्। यसबाट प्राप्त हुने अन्तर्दृष्टि चाँडै परिपक्व होऊन् र तिनले मानिसलाई बोधि प्राप्त गर्न सहयोग गरुन्।

नोवेम्बर २२, २००८
चेन्शाब सेरकोँग टुल्कु

Top