आधुनिक संसारमा दलाई लामाको प्रासंगिकता

अब हामी आधुनिक संसारमा दलाई लामाको प्रासंगिकताबारे हेरौं। यदि उहाँको कुनै भूमिका छ भने, त्यो धेरै जनका लागि अर्थपूर्ण र लाभदायक हुनुपर्छ, सिर्फ मनोरञ्जन वा कौतूहलका कारण मात्र होइन, जस्तो कि उहाँ कुनै सुपरस्टार जस्तै एक अद्भुत व्यक्तित्व भएकोले मात्र होइन। दलाई लामा यही विषयमा होइन। उहाँको जीवनको एक मात्र उद्देश्य अरूलाई लाभ पुर्‍याउनु हो।

अरूहरूको सेवा 

संसारमा अरू धेरै व्यक्ति छन् जसले आफू अरूको हितमा पूर्ण रूपमा समर्पित भएको दाबी गर्छन्। तर, मेरो विचारमा परम पावन, जसलाई हामी प्रायः यसै नामले सम्बोधन गर्छौं । उहाँको साँच्चिकै अद्भुत कुरा भनेको पूर्ण रूपमा, हृदयदेखि नै ईमानदार हुनु हो। उहाँको उपस्थितिमा हुँदा, उहाँको कुरा सुन्दा, र उहाँले वास्तवमै के गर्नुहुन्छ भन्ने बुझ्दा, यो कुरा अरूलाई स्पष्ट रूपमा महसुस हुन्छ। उहाँ सधैं आफ्नो जीवनका तीन प्रमुख उद्देश्यहरूबारे बोल्नुहुन्छ, जसलाई उहाँले निरन्तर अघि बढाउन प्रयास गर्नुहुन्छ। पहिलो हो धर्मनिरपेक्ष नैतिकता, दोस्रो हो धार्मिक सद्भावना, र तेस्रो हो तिब्बत र तिब्बती जनताको कल्याणको ख्याल राख्नु, किनकि यो भूमिका उहाँमाथि जिम्मेवारीका रूपमा दिइएको छ।

नैतिकता

परम पावनले प्रायः धर्मनिरपेक्ष नैतिकता र धार्मिक सद्भावका विषयमा बोल्नुहुन्छ, र यसको कारण यो हो कि संसारलाई अहिले नैतिकताको ठूलो आवश्यकता छ। संसारमा धेरै भ्रष्टाचार छ, धेरै बेईमानी छ, र मानिसहरूबीच धेरै असहमति छ, र यी सबैको मूल कारण भने नैतिकताको अभाव हो।

दलाई लामाको अत्यन्त व्यापक र खुला मन छ, र उहाँ सधैं यो संसारमा रहेका सात अर्बभन्दा बढी मानिसहरूको हितमा के लाभदायक हुन्छ भन्ने दृष्टिले सोच्नुहुन्छ र बोल्नुहुन्छ। यस जनसंख्यामध्ये कतिपय मानिसहरू कुनै न कुनै धर्ममा आस्था राख्छन् भने कतिपय गैर-आस्थावान् छन्। सबैका लागि स्वीकार्य हुने खालको कुनै नैतिक प्रणाली – एउटा नैतिक आधार – आवश्यक छ। यसलाई परम पावनले “धर्मनिरपेक्ष नैतिकता” भन्नुहुन्छ, जसको अर्थ कुनै पनि धर्म वा प्रणालीको विरोध गर्नु होइन, बरु सबै आस्थाहरूको सम्मान गर्नु र गैर-आस्थावान्हरूको आवश्यकतालाई पनि ध्यानमा राख्नु हो। उहाँ यसलाई “आधारभूत मानव मूल्य” भन्नुहुन्छ। त्यसैले कहिलेकाहीँ आफ्नो विषय धर्मनिरपेक्ष नैतिकता भन्नुको सट्टा उहाँ भन्नुहुन्छ कि अहिलेको समय आधारभूत मानव मूल्यको प्रवर्द्धन गर्ने समय हो, जुन जीवविज्ञानमा आधारित छ।

आमाको आफ्नो नवजात बच्चाप्रति देखाउने माया र हेरचाह अत्यन्त मौलिक र प्राकृतिक कुरा हो, जुन केवल मानिसहरूमा मात्र होइन, जनावरहरूमा पनि पाइन्छ, अरूको हेरचाह गर्नु। हामी यो कुरालाई दलाई लामाको जीवनमै देख्न सक्छौं, यही कारणले उहाँको सन्देश यति मन छुने हुन्छ।

कार्यतालिका

परम पावनले संसारभर एकदमै अविश्वसनीय कार्यतालिकाको साथ यात्रा गर्नुहुन्छ, विशेष गरी जब तपाईंले सोच्नुहुन्छ कि अब, २०१३ मा, उहाँ ७८ वर्षको हुनुभएको छ। उहाँले धेरै लामो विश्व भ्रमणहरू गर्नुहुन्छ, प्रायः कुनै ठाउँमा एक दिन मात्र बस्नुहुन्छ। उहाँको कार्यतालिका अत्यन्तै कठोर हुन्छ। मैले सम्पर्क व्यक्ति र अनुवादकको रूपमा परम पावनसँग यात्रा गरेको छु, त्यसैले मलाई त्यो कार्यतालिका कस्तो हुन्छ भन्ने थाहा छ। हरेक दिन धेरैवटा व्याख्यानहरू हुन्छन्, त्यसपछि पत्रकार सम्मेलनहरू र व्यक्तिगत निजी भेटघाटहरू हुन्छन्। उहाँसँग खानाको समय नै मुश्किलले हुन्छ। उहाँ हरेक बिहान ३:३० बजे उठ्नुहुन्छ, समय क्षेत्र परिवर्तन वा त्यस्ता अन्य कुराहरूको परवाह नगरी, र करिब चार घण्टा गहिरो ध्यान अभ्यास गर्नुहुन्छ। उहाँको ऊर्जा अत्यन्त बलियो छ र सधैं हास्य र भेट्ने सबैप्रति माया र चिन्ताले भरिपूर्ण हुनुहुन्छ। जुनसुकै व्यक्तिसँग भेट्दा पनि उहाँ खुशी हुनुहुन्छ, “यहाँ अर्को मानव छ, कति अद्भुत!” भन्ने भाव व्यक्त गर्नुहुन्छ।

माया

बौद्ध धर्ममा, हामी यो हृदयलाई न्यानो बनाउने प्रेमको कुरा गर्छौं जुन जब तपाईं कसैलाई भेट्नुहुन्छ, यसले तपाईंको हृदयलाई न्यानोपनाले भर्छ, तपाईं तिनीहरूलाई भेटेर धेरै खुसी हुनुहुन्छ र उनीहरूको कल्याणको साँचो चासो राख्नुहुन्छ। यो दलाई लामाको कसैसँग संवादमा देख्न सकिन्छ — जतिसुकै भीडमा हिँड्दा पनि उहाँले मानिसहरूलाई हेर्ने तरिका र प्रत्येक व्यक्तिलाई दिनु हुने पूर्ण ध्यानमा यो स्पष्ट हुन्छ। यसले साँच्चिकै देखाउँछ कि उहाँ अरूको कल्याणमा र सबैको कल्याणमा समान रूपमा चासो राख्नुहुन्छ। त्यसैले मानव मूल्य, धर्मनिरपेक्ष नैतिकता प्रवर्द्धन गर्ने यो विचार उहाँले सबैको लागि सबैभन्दा फाइदाजनक ठानेका छन्। उहाँ केवल साँघुरो “बौद्ध मात्र” दृष्टिकोणबाट सोच्नुहुन्न। उहाँ विश्वभर शिक्षा प्रणालीमा धर्मनिरपेक्ष स्तरमा केही प्रकारका शिक्षाहरू कसरी परिचय गराउने भनेर गम्भीर रूपमा सोच्नुहुन्छ, जसले बालबालिकालाई इमान्दार र दयालु हुनका फाइदा र अन्य आधारभूत मानव मूल्यहरू सिकाउनेछ, जुन संसारका लागि अत्यन्त लाभकारी हुन्।

धार्मिक सद्भावना

विश्वमा धार्मिक समूहहरू बीचको विवादका कारण धेरै समस्याहरू उत्पन्न हुन्छन्। त्यहाँ अविश्वास हुन्छ, डर हुन्छ, र यसले समस्याहरू निम्त्याउँछ। परम पावनले भन्नुहुन्छ कि धार्मिक सद्भावनाको सन्दर्भमा, हामीलाई वास्तवमा के चाहिन्छ भने शिक्षा हो, केवल धर्मनिरपेक्ष नैतिकतामा मात्र होइन, एक अर्काकोबारे पनि शिक्षा। हामी वास्तवमा अज्ञातसँग डराउँछौं, र ती अज्ञात समूहहरू र धर्महरूमा हामी केही प्रकारको कल्पना प्रक्षेपण गर्छौं। उहाँ भन्नुहुन्छ कि उहाँ भाग लिनु हुने धेरै अन्तरधार्मिक संवादहरूमा मानिसहरू जम्मा भई मुस्कुराउँछन् र एकअर्कासँग निकै राम्रो व्यवहार गर्छन्, त्यसपछि केही प्रार्थना वा मौन ध्यान हुन्छ। यो सबै राम्रो छ, तर धेरै उत्पादक छैन। केवल “हामी सबै एउटै कुराको बारेमा कुरा गर्दैछौं, हामी सबै एउटै छौं” भनी भन्नु र समानता मात्र देखाउनुले एक अर्काबारे साँच्चिकै सिक्न सहयोग गर्दैन।

यस वर्षको जुन महिनामा, परम पावनले केही सूफी गुरुहरूसँग भेटघाट गर्नुभयो र उहाँले भन्नुभयो कि उहाँ समानताहरू मात्र नभई, भिन्नताहरू बारे जान्न चाहनुहुन्छ। उहाँले भन्नुभयो कि हामीले आफ्ना भिन्नताहरूमा लाज मान्नु पर्दैन, तर तीबाट हामी आफूलाई सुधार्ने प्रयासमा फाइदा हुने तरिकाले सिक्न सक्छौं। परम पावन भन्नुहुन्छ कि सबै धर्महरूको एउटै उद्देश्य हुन्छ — आफ्ना अनुयायीहरूका लागि सुखी जीवन ल्याउनु हो। तर यसलाई प्राप्त गर्न धेरै फरक–फरक विधिहरू हुन्छन्, जुन आवश्यक हुन्छ किनभने मानिसहरू निकै भिन्न भिन्न हुन्छन्।

उहाँ भन्नुहुन्छ, “यदि हामी सबै आफ्ना अनुयायीहरूलाई माया, दयालुता जस्ता गुण विकास गर्न सिकाउँदैछौं भने, तपाईंले कुन विधि प्रयोग गर्नुहुन्छ? हामीले कुन विधि प्रयोग गर्छौं? यो कुरा हामी तपाईंबाट सिक्न सक्छौं — भिन्नतालाई नयाँ कुरा सिक्ने अवसरका रूपमा हेर्ने र सम्मान गर्ने। प्रत्येक धर्मका गम्भीर अभ्यासकर्ताहरूको बैठक आयोजना गर्नु राम्रो हुनेछ जहाँ उनीहरूले आफ्ना अनुभवहरू साटासाट गर्न सकून्, ठूलो सार्वजनिक सभाका लागि होइन, तर एकअर्कासँग ताकि हामी वास्तवमै गम्भीर अभ्यासकर्ताको स्तरमा कुरा गरिरहेका छौं। यो धेरै लाभदायक हुनेछ।”

विज्ञान

यद्यपि सम्पूर्ण मानव जातिलाई लाभ पुर्‍याउनु परम पावनको प्रमुख प्रतिबद्धता भएको साथै तिब्बती जनताप्रति र तिब्बती बौद्ध परम्पराभित्रको आफ्नो विशेष जिम्मेवारी पनि उहाँको कर्तव्य हो, तर यी मात्र उहाँको एकमात्र चिन्ता होइनन्। सानै उमेरदेखि नै उहाँले विज्ञान, मेशिनरी तथा वस्तुहरू कसरी काम गर्छन् भन्ने विषयमा प्रबल चासो देखाउँदै आउनुभएको छ। सन् १९८० को दशकको प्रारम्भदेखि नै उहाँले वैज्ञानिकहरूसँग बैठक गर्दै आउनुभएको छ, र उहाँ साँच्चिकै उनीहरूबाट सिक्न चाहनुहुन्छ।

उहाँले भन्नुभएको थियो कि यदि वैज्ञानिकहरूले प्रमाणसहित कुनै कुरा देखाउन सक्छ, जुन बौद्ध शिक्षाहरूमा पाइने, उदाहरणका लागि ब्रह्माण्डको वर्णन, ब्रह्माण्ड कसरी सुरु भयो, र यस्तै अन्य कुराहरूको विपरीत छन् भन्ने त्यसलाई बौद्ध शिक्षाहरूबाट हटाउनु पूर्णतः ठीक हुन्छ। दिमागले कसरी काम गर्छ, विभिन्न रासायनिक तत्वहरू र यस्तै अन्य कुराहरूको पश्चिमी वैज्ञानिक बुझाइ बौद्ध बुझाइको लागि एक उत्कृष्ट परिपूरक हुनेछ।

त्यसैगरी, बौद्ध धर्मसँग बौद्ध विज्ञान, बौद्ध ज्ञान र बौद्ध दर्शनका श्रेणीहरूबाट आएको धेरै ज्ञान छन् जुन वैज्ञानिकहरूसँग साझा गर्न सकिन्छ। उदाहरणका लागि, बौद्ध धर्मले भावनाहरूको धेरै विस्तृत नक्सा प्रदान गर्दछ – भावनाहरूको सम्पूर्ण भित्री संसार कसरी काम गर्छ, यी भावनाहरूलाई कसरी सामना गर्ने र यस्तै अन्य धेरै कुराहरू छन्। बौद्ध विश्लेषणले धेरै वैज्ञानिक रूपमा व्यवस्थित समग्र दृष्टिकोण प्रदान गर्दछ। यो पश्चिमी वैज्ञानिकहरूका लागि पनि धेरै उपयोगी हुन सक्छ। परम पावनले गुम्बाहरूमा भिक्षु र भिक्षुणीहरूको पाठ्यक्रममा यसलाई थपेर विज्ञानको अध्ययन सुरु गर्नुभएको छ। विभिन्न विज्ञानका पाठ्यपुस्तकहरू अङ्ग्रेजीबाट तिब्बतीमा अनुवाद गरिएको छ। यी तरिकाले, हाँ एक प्रमुख विश्व धर्मको नेता भएको व्यक्तिका लागि अविश्वसनीय रूपमा खुला दिमागका हुनुहुन्छ। 

अन्य परम्पराहरूसँग सम्पर्क विस्तार

उहाँ इस्लामिक संसारसँग सम्पर्क विस्तार गर्न चाहनुहुन्छ, त्यसैले उहाँले मेरो आफ्नै बौद्ध अभिलेखलाई आधारभूत बौद्ध शिक्षाहरू र आधारभूत मानवीय मूल्यहरू, नीतिशास्त्र आदि सम्बन्धी सामान्य सन्देशलाई अरबी र अन्य प्रमुख इस्लामिक भाषाहरूमा अनुवाद गर्न प्रोत्साहित गर्दै आउनुभएको छ। यो कार्य भइरहेको छ। पछिल्ला केही वर्षहरूमा इस्लामको धेरै राक्षसीकरण भएको छ, जुन अत्यन्त दुर्भाग्यपूर्ण हो। यसलाई केवल एउटा खतरा भनेर बाहिर राख्ने होइन, बरु संसारमा उनीहरूलाई समेट्नु अत्यन्त जरुरी छ। हामीले उनीहरूलाई बौद्ध विश्वासका स्पष्ट व्याख्या पनि उपलब्ध गराउनुपर्छ, उनीहरूलाई धर्म परिवर्तन गर्न वा त्यस्तै केही गर्नका लागि होइन, केवल आधारभूत जानकारी साझा गर्नु हो, जसरी उनीहरूले पनि हामीसँग गर्न सक्थे। फेरि, शिक्षा नै आपसी समझ र मित्रता विकास गर्ने उपाय हो।

बौद्ध धर्मभित्रै पनि महायान परम्परा छ, जसको अभ्यास तिब्बत, चीन, जापान आदि स्थानहरूमा हुन्छ, र थेरवाद परम्पराहरू छन्, जसको अभ्यास दक्षिणपूर्वी एशियामा हुन्छ। दुर्भाग्यवश, र सायद धेरैलाई आश्चर्य लाग्ला, दुबै पक्षले एकअर्काबारे धेरै थोरै ज्ञान हुन्छन्। उहाँले एक अमेरिकी बौद्ध भिक्षुणीलाई विस्तृत तुलना गर्न लगाउनुभएको छ र यसको प्रायोजन गर्नुभएको छ। हरेक अभ्यासका लागि—महायान संस्करण के हो र थेरवाद संस्करण के हो?—यो दक्षिणपूर्वी एशियाली भाषाहरूमा अनुवाद गरिनेछ ताकि यो महत्वपूर्ण ज्ञान साझा गर्न सकियोस्।

महिलाहरूको लागि दीक्षा

यद्यपि तिब्बतमा निश्चय नै पूर्ण दीक्षित भिक्षुहरू त छन्, तर भिक्षुणीहरूका लागि दीक्षा परम्परा भारतबाट हिमालय पार गर्न सकेन। यो विभिन्न कारणहरूले गर्दा थियो, मुख्यतः भौगोलिक; प्राचीन कालमा भारतीय भिक्षुणीहरूको एउटा सम्पूर्ण समूहका लागि पैदल हिंडेर तिब्बत जानु एकदमै कठिन थियो। यसरी, परम्परा टुटेको थियो, किनभने यसलाई अगाडि बढाउनका लागि दस जना पूर्ण दीक्षित भिक्षुणीहरूको समूह चाहिन्छ।

फेरि, दलाई लामाले यो परम्परा कसरी पुनः सुरु गर्न सम्भव होला भनेर हेर्नका लागि अध्ययन र परियोजनाहरूलाई प्रायोजन गर्दै आउनुभएको छ, ताकि तिब्बती परम्परामा पूर्ण दीक्षित भिक्षुणी बन्न चाहने महिलाहरूले त्यसो गर्न सकून्।

“म केवल एक साधारण भिक्षु हुँ”

परम पावनको सबैभन्दा मन छुने गुणहरू मध्ये एउटा यो हो कि उहाँ कति पूर्णतया सहज र साधारण हुनुहुन्छ, कुनै ढोंग वा घमण्ड बिना। उहाँले सधैं भन्नुहुन्छ कि उहाँ एउटा साधारण भिक्षु हुनुहुन्छ, अरू सबै जस्तै साधारण मानव हुनुहुन्छ। उहाँले भन्नुहुन्छ, "जबल म कसैलाई भेट्छु, म उनलाई अर्को मानवको रूपमा हेर्छु। हाम्रो सञ्चार मानव देखि मानवको छ, दलाई लामा देखि कुनै साधारण व्यक्तिको होइन। तिब्बती देखि कुनै विदेशीको होइन। यी द्वितीयक भिन्नताहरू होइन, तर यस प्राथमिक स्तरमा: हामी सबै मानव हौं।"

उहाँलाई कसैले आफूलाई कुनै देवता, राजा वा विशेष शक्तिसम्पन्न व्यक्ति ठान्ने कल्पना गर्न नदिन तुरुन्तै मन हुन्छ। जब उहाँ ती विशाल, विशाल दर्शकहरूको अगाडि, दशौँ हजार मानिसहरूको अगाडि आउनुहुन्छ, उहाँ पूर्ण रूपमा शान्त हुनुहुन्छ, आफ्नो घरमै भएको जस्तै। यदि उहाँलाई चिलायो भने, उहाँ साधारण मानिसझैँ खुम्च्याउनुहुन्छ। उहाँलाई कत्तिको पनि आत्म-सचेत हुनुहुन्न र कसैलाई देखाउनका लागि केही प्रदर्शन गर्न खोज्नुहुन्न। यदि उहाँ कुनै देशको राष्ट्रपतिको भेटमा जाँदै हुनुहुन्छ र उहाँले रबरको चप्पल लगाउनुभएको छ भने, त्यही चप्पल लगाउनुहुन्छ। उहाँ कसैलाई प्रभावित पार्न चाहनुहुन्न र प्रयास पनि गर्नुहुन्न।

हास्य

उहाँले कुराहरूलाई यस्तो हास्यमय तरिकामा भन्नुहुन्छ कि जसलाई अरुले सजिलै गर्न सक्दैन होल, यो साँच्चै अद्भुत छ। एकपटक उहाँले व्याख्यान दिनु भएको थियो र उहाँ बसेको कुर्सी निकै असहज आर्मचेयर थियो। अन्त्यमा, उहाँले आयोजक समिति र श्रोताहरूसँग भन्नु भयो कि सबै व्यवस्था उत्कृष्ट थिए, तर अर्को पटक कृपया राम्रो कुर्सी ल्याइदिनुहोस्, किनकि यो साँच्चै असहज थियो! उहाँले यो कुरा यति हल्का र माया सहित भन्नुभयो कि कसैलाई अपमान लागेन, बरु सबै हाँसे। यसैगरी उहाँले मानिसहरूलाई सजिलै डाँट्न पनि सक्नुहुन्छ।

वाक्लाव हेवल (Vaclav Havel) सँगको भेटघाट

म उहाँसँगै थिएँ जब उहाँलाई वाक्लाव हेवलले (Vaclav Havel)  निम्तो दिएका थिए, जो चेक गणराज्य (Czech Republic) का पहिलो राष्ट्रपति थिए, त्यतिबेला त्यो अझै चेकोस्लोभाकिया (Czechoslovakia) थियो। रक स्टार फ्र्यांक ज़प्पा (Frank Zappa)  पहिलो व्यक्ति थिए जसलाई निम्तो दिइएको थियो, तर दोस्रो व्यक्ति परम पावन हुनुहुन्थ्यो। हेवलले उहाँ आफू र मन्त्रिपरिषदलाई ध्यान गर्ने तरिका सिकाउन चाहन्थे, किनभने उनले भने, “हामीसँग अनुभव छैन, हामीलाई थाहा छैन सरकार कसरी चलाउने। हामी सबै तनावमा छौं र निद्रा पनि आउँदैन। कृपया हामीलाई शान्त हुन सिकाउनुहोस्। नत्र हामी नयाँ देशको सरकार चलाउन कहिल्यै सक्ने छैनौं।”

वाक्लाव हेवल निकै सरल स्वभावका व्यक्ति थिए, र उनले परम पावन र सबै मन्त्रीहरुलाई प्राग (Prague) को बाहिर रहेको ठूलो महल, ग्रीष्मकालीन दरबार (Summer palace) मा जान निम्तो दिएका थिए। उनी आफैँ त्यहाँ कहिल्यै गएका थिएनन्; त्यो धेरै ठूलो थियो र सबैजना हिँड्दै गर्दा बाटो बिराउने गर्थे। उनले दलाई लामा समक्ष सहजै भने, “यो कम्युनिष्ट नेताहरूको वेश्यालय थियो।” यो भाषा सामान्यतया दलाई लामासँग प्रयोग गरिने शैली होइन, तर उहाँ त्यसरी नै सरल हुनुहुन्थ्यो। त्यसपछि, सबैले, दलाई लामासहित, एउटा ठूलो कोठाको भुईँमा बसे। हेवल र उनका मन्त्रीहरू सबै स्वेटसूट (sweat suits) लगाएका थिए, र परम पावनले उनीहरूलाई शान्त हुन आधारभूत श्वासप्रश्वास र उर्जा ध्यान सिकाउनु भयो।

अब, सामान्यतया उहाँको परम पावन राति भोजन गर्नुहुन्न, किनकि उहाँले आफ्नो भिक्षु व्रतहरूलाई धेरै कडाइका साथ पालन गर्नुहुन्छ। तर उहाँ लचिलो पनि हुनुहुन्छ, र राष्ट्रपति हावेलले दरबारमा रातको भोजनको व्यवस्था गर्नुभएको थियो। छलफल अङ्ग्रेजीमा भइरहेको थियो र विशेष उल्लेखनीय कुरा भनेको दलाई लामाले हेवललाई गाली गर्नु थियो, जो लगातार धूम्रपान गर्ने व्यक्ति थिए। त्यहाँ परम पावनको छेउमै हेवल धूम्रपान गरिरहेका थिए, जुन अलि अनुचित कुरा हो। यद्यपि उनी कुनै देशका राष्ट्रपति थिए, उहाँको परम पावनले उनलाई सहजै भनी दिनुभयो, “तपाईं धेरै धूम्रपान गर्नुहुन्छ। यसले तपाईंलाई बिरामी बनाउँछ र क्यान्सर दिन्छ, त्यसैले तपाईंले साँच्चिकै कम गर्नुपर्छ!” यो वास्तवमा परम पावनको धेरै दयालु कार्य थियो। पछि हवेललाई साँच्चै फोक्सोको क्यान्सर भयो। यो त केवल एउटा उदाहरण हो कि परम पावनको मुख्य चिन्ता भनेको अर्का व्यक्तिलाई के लाभ हुनेछ भन्ने हो, न कि उनीहरूले उहाँबारे के सोच्नेछन् भन्ने होइन ।

बुद्धि र स्मरणशक्ति

परमपावन नि:सन्देह मैले भेटेका सबैभन्दा बुद्धिमान व्यक्ति हुनुहुन्छ। उहाँसँग एकदममै अद्भुत, फोटोग्राफिक स्मरणशाक्ति छ। जब उहाँले शिक्षा दिनुहुन्छ, सबै फरक परम्पराहरूबाट आएका कुनै पनि व्यक्तिको तुलनामा उहाँसँग बौद्ध शिक्षाहरूको सबैभन्दा ठूलो संग्रहमा प्रवीणता छ। उहाँले कुनै पनि ग्रन्थबाट उद्धरण दिन सक्नुहुन्छ। तिब्बतीहरूले आफ्नो अध्ययनमा उनीहरूले अध्ययन गर्ने विभिन्न मुख्य ग्रन्थहरू, सायद १००० पृष्ठ वा केही, कण्ठस्थ गर्छन्, तर दलाई लामाले कण्ठस्थ गर्नुभएका सबै व्याख्यानहरूको  संख्या अविश्वसनीय छन्। जब उहाँले शिक्षा दिनुहुन्छ, उहाँ यो ग्रन्थको एउटा सानो अंश ल्याउनुहुन्छ, अनि अर्को ग्रन्थको अर्को अंश; यो गर्न निकै कठिन कुरा हो। उहाँको स्मृतिले यसरी काम गर्छ, र यो महान् बुद्धिमत्ताको चिन्ह हो: तपाईं चीजहरूलाई सँगै राख्न र सबै कुरा कसरी मिल्छ, ढाँचाहरू हेर्न सक्षम हुनुहुन्छ। आइन्स्टाइन जस्ता मानिसहरूले e=mc2 कसरी पत्ता लगाउँछन्? यो सबै प्रकारका कुराहरूलाई सँगै राखेर ढाँचा फेला पार्न सक्नुबाट हो। परमपावनले आफ्नो तिब्बती संग्रहको विशाल ज्ञानसँग यो गर्न सक्नुहुन्छ।

उहाँको फोटोग्राफिक स्मृति केवल ग्रन्थहरूका लागि मात्र होइन, बल्कि मानिसहरूका लागि पनि हो, जुन मेरो अगाडि धेरै पटक प्रदर्शन भएको थियो। म त्यहाँ उपस्थित थिएँ जब तिब्बतका एक धेरै वृद्ध भिक्षु धरमशालामा आउन सक्नुभयो, र जब परमपावनले उहाँलाई देख्नुभयो उहाँले भन्नुभयो, "ओह! म तपाईंलाई सम्झन्छु। तीस वर्ष अगाडि भारत आउने बाटोमा हामी तपाईंको गुम्बामा रोकिएका थियौं र त्यहाँ कुनै प्रकारको समारोह थियो। तपाईंले भेंटको थाल समातेर उभिनुपरेको थियो, र मलाई याद छ त्यो धेरै भारी थियो र सम्पूर्ण कार्यक्रमभरि त्यसलाई समातेर राख्नु तपाईंलाई निकै कठिन भएको थियो।के तपाईंलाई याद छ?" यो एकदमै अविश्वसनीय थियो। मेरा मुख्य गुरु, सेरकोङ रिन्पोछे, परमपावनका मुख्य शिक्षकहरूमध्ये एक हुनुहुन्थ्यो, र उहाँले भन्नुभयो कि बाल्यकालमा, उहाँलाई कुनै पनि कुरा केवल एक पटक मात्र सिकाउनुपर्थ्यो। उहाँ तुरुन्तै बुझ्नुहुन्थ्यो र सम्झनुहुन्थ्यो।

उपलब्धिहरू

यो व्यक्ति हाम्रो समयका सबैभन्दा उत्कृष्ट व्यक्तिहरूमध्ये एक हुनुहुन्छ, र उहाँको प्रासंगिकता के हो? यो यस्तो छ: हेर्नुहोस्, एउटा मानव भएर के-के हासिल गर्न सकिन्छ। अवश्य पनि उहाँले भन्नुहुन्छ कि आफूलाई विकास गर्न उहाँले धेरै कडा परिश्रम गर्नुपर्यो, तर हामी सबैले पनि यो गर्न सक्छौं। उहाँले समस्याहरूसँग कसरी सामाना गर्नुहुन्छ त्यो हेर्नुहोस्। पृथ्वीमा एक अर्ब भन्दा बढी मानिसहरूद्वारा सार्वजनिक शत्रु नम्बर एक मानिने कल्पना गर्नुहोस्। तर परमपावनले यसलाई हाँसेर टार्नुहुन्छ किनभने उहाँलाई थाहा छ यो सत्य होइन, उहाँको टाउकोमा सिङ छैन। तर भिक्षुको पोशाकमा राक्षस भनेर लेबल लगाइिँदा तपाईंले कसरी सामना गर्नुहुन्थ्यो ?

उहाँ कहिल्यै पनि निराश हुनुहुन्न। उहाँले भन्नु भएको छ कि उहाँले कहिल्यै यसको अनुभव गर्नुभएन, र यो कुरा बुझ्न उहाँलाई निकै गाह्रो छ । मलाई सम्झना छ, जब उहाँले स्वीकार गर्नुभयो कि मानिसहरूमा आत्म–सम्मानको कमी वा आत्म–घृणा हुने कुरा उहाँले कहिल्यै सुन्नेको सोचेको पनि थिएन। उहाँले कहिल्यै त्यसको सामना गर्नुभएन वा अनुभव गर्नुभएन। 

उहाँ सधैं यति आशावादी रहनुहुन्छ, तर त्यसैसँगै परिस्थितिको वास्तविकतासँग पनि सामना गर्नुहुन्छ । अहिले हामीसँग रहेका अवस्थाहरूको बारेमा उहाँ भन्नुहुन्छ, “विश्वका समस्याहरू मानवजातिले सिर्जना गरेका हुन्, र तिनीहरूलाई मानवजातिले नै अन्त्य गर्न सक्छ ।” उहाँ आधारभूत मानवीय मूल्यहरू प्रवर्द्धन गरेर, बालबालिकाको शिक्षामा नैतिकता समावेश गरेर, र विभिन्न संस्कृतिहरू तथा धर्महरूबीच धार्मिक सद्भाव ल्याउने प्रयास गरेर ती समस्याहरूको अन्त्यमा योगदान पुर्‍याउन प्रयास गरिरहनुभएको छ । पूर्ण नम्रता र व्यावहारिक मनोवृत्ति कायम राख्दै उहाँ विश्वको सम्पूर्ण कल्याणका लागि सक्रिय रूपमा कार्यरत हुनुहुन्छ । यही कुरा यति मनमोहक हो । त्यसमा उहाँको हास्य र अविश्वसनीय ऊर्जा थपिँदा यो साँच्चै अद्भुत छ।

उहाँका सचिवहरू र सल्लाहकारहरू सधैं उहाँलाई आराम गर्नुपर्ने र यति धेरै यात्रा नगर्न सल्लाह दिन्छन् । जब उहाँ यात्रा गर्नुहुन्छ, उहाँको प्रत्येक मिनेट दर्जनौं बैठकहरूले भरिएको हुन्छ, र प्रायः हरेक दिन हवाई यात्रा गर्नुहुन्छ। तर उहाँ सधैं भन्नुहुन्छ, “होइन । जबसम्म मसँग यो गर्ने शक्ति छ, म यसरी यात्रा गर्नेछु, किनकि यसले अरूलाई फाइदा पुर्‍याउँछ ।”

महत्त्व यो हो कि उहाँले हामीलाई आशा दिनुहुन्छ। उहाँ यति इमानदार हुनुहुन्छ र यति कडा परिश्रम गर्नुहुन्छ। जब उहाँले मानवजातिको सुधारको बारेमा कुरा गर्नुहुन्छ, उहाँले पूर्णतया यथार्थवादी र प्राप्त गर्न सकिने सर्तहरूमा बोल्नुहुन्छ: शिक्षा, पारस्परिक समझदारी, नैतिकता। यी चमत्कारी उपायहरू होइनन्; यी ती कुराहरू हुन् जुन हामीले वास्तवमा गर्न सक्छौं। जब उहाँ हाम्रो देशमा, वा हाम्रो शहरमा आउनुहुन्छ, परमपावन दलाई लामालाई व्यक्तिगत रूपमा अनुभव गर्ने यो साँच्चै एक धेरै अद्भुत र सार्थक अवसर हो।

प्रशन र उत्तरहरू

परमपावनले आफ्ना सबै आध्यात्मिक जिम्मेवारीहरूका साथै शरणार्थीहरूको जीवन व्यवस्थित गर्ने जस्ता व्यवहारिक कार्यहरू कसरी मिलाउनुहुन्छ?

उहाँ धेरै अध्ययन र धेरै ध्यान अभ्यासमा संलग्न हुनु मात्र होइन, निर्वासित तिब्बती समुदायका लागि केन्द्रीय तिब्बती प्रशासनका प्रमुख पनि हुनुहुन्थ्यो । साहसपूर्वक, बुद्धिमानीपूर्वक र धेरै टाढासम्मको दृष्टिकोणका साथ उहाँले त्यो पद त्याग गर्नुभयो र सिक्योङ्‌ नामक लोकतान्त्रिक रूपमा निर्वाचित प्रमुखलाई स्थापना गर्नुभयो । तर त्यसअघि धेरै वर्षसम्म उहाँले नेतृत्व गर्नुभयो र शरणार्थीहरूलाई बसोबास गराउने, निर्वासनमा विभिन्न संस्थाहरू पुनः सुरु गर्ने जस्ता सबै प्रयासहरू व्यवस्थित र निरीक्षण गर्नुभयो । उहाँको मुख्य रणनीति अत्यन्त यथार्थपरक हुनु थियो, “ओह, यो त धेरै भयो, म गर्न सक्दिनँ, यो असम्भव छ” भन्ने सोच्नु होइन, बरु अत्यन्त व्यवस्थित तरिकाले अघि बढ्नु थियो । उहाँको अविश्वसनीय बुद्धि र स्मरणशक्ति भएर उहाँ आफ्ना मातहतका सबै विभिन्न परियोजनाहरूको ख्याल राख्न सक्नुहुन्थ्यो, र कामहरू कसरी जिम्मा दिने भन्ने पनि उहाँलाई थाहा थियो । उहाँलाई जे आवश्यक पर्छ, त्यही गर्नुहुन्छ; उहाँका लागि त्यो कुनै ठूलो कुरा होइन ।

म प्रायः आधा-मजाकमा भन्छु कि कालचक्र प्रणाली धेरै किसिमका असंख्य कामहरू गर्न सिक्नका लागि धेरै सहयोगी हुन्छ। कालचक्र मण्डलमा तपाईंले ७२२ वटा आकृतिहरूको कल्पना गर्नुपर्छ, र सायद उहाँ त्यो गर्न सक्षम हुने थोरै व्यक्तिहरूमध्ये एक हुनुहुन्छ। यस अभ्यास प्रणालीमार्फत आफूलाई यति ठूलो जटिल तरिकाले सोच्ने हो भेने, जब कुनै नयाँ काम वा मुद्दा आउँछ, त्यो केवल अर्को सानो कुरा मात्र हुन्छ। तपाईं कुनै कुराको डर मान्नुहुन्न, तपाईं कुनै कुरालाई ठूलो कुरा बनाउनुहुन्न।

जीवन जटिल छ र कतिपय मानिसहरूको जीवन अरूको भन्दा बढी जटिल हुन्छ। तर त्यसबाट डराउनुको सट्टा, किन त्यसलाई न आँगाल्ने? जति धेरै त्यति राम्रो! मेरो वेबसाइटजस्तै, २१ वटा भाषाहरूसँग काम गर्नु – कुनै ठूलो कुरा होइन, हामी गर्न सक्छौं। हामीले आवश्यक भए अझै थप्न सक्छौं, किन नगर्ने? दलाई लामाले सामना गर्नुहुने कुराहरूको तुलनामा यो सानो परियोजना हो। तर यसले सम्भावनाहरू देखाउँछ। कुनै गुनासो छैन, कुनै " बिचारा म" छैन। मेरी आमाले भन्नुहुने जस्तै, "कुनै बहाना नबनाइकन" केवल गरिहाल!

के तपाईं व्याख्या गर्न सक्नुहुन्छ कि दलाई लामालाई किन परम पावन (His Holiness) भनिन्छ, जबकि उहाँ आफैंले जोड दिनुहुन्छ कि उहाँ एक साधारण मानव प्राणी हुनुहुन्छ?

खैर, दलाई लामाले आफैँलाई “हिज होलिनेस” भनेर कहिल्यै सम्बोधन गर्नुहुन्न । यो कसरी सुरु भयो भन्ने मलाई थाहा छैन; सायद यो कुनै खालको ईसाई उपाधिबाट आएको हो, र अंग्रेजीमा त्यसै बस्यो होला । मानिसहरूले यसलाई राजालाई “योर हाइननेस” (Your Highness) भन्ने जस्तै सम्मानको अभिव्यक्ति रूपमा प्रयोग गर्छन् । तिब्बती भाषामा आफ्नो आध्यात्मिक गुरुका लागि प्रयोग हुने धेरै सम्मानजनक सम्बोधनहरू छन्, र दलाई लामाका लागि विशेष रूपमा प्रयोग हुने केही विशेष सम्बोधनहरू पनि छन्, तर तीमध्ये कुनै पनि “हिज होलिनेस” सँग मिल्ने गरी अनुवाद भएको छैन । यो त मानिसहरूले अपनाएको एउटा साधारण प्रचलन मात्र हो, र उहाँले मानिसहरूलाई आफूलाई त्यसो नभन्न रोक्न सक्नुहुन्न। तर उहाँ पक्कै पनि मानिसहरूले आफूलाई कुनै प्रकारको देवताझैं पूजा गरून् भन्ने चाहनुहुन्न।

तपाईं तिब्बती भाषा जान्नुहुन्छ, सायद तपाईंले अङ्ग्रेजीमा अधिक उपयुक्त हुने केही सुझाव दिन सक्नुहुन्छ?

उहाँका लागि प्रयोग हुने मुख्य उपाधि "कुन्दुन" हो, जसको अर्थ "सर्वोच्च उपस्थिति" हुन्छ। खैर यसलाई अन्य भाषाहरूमा अनुवाद गर्न गाह्रो छ, तर यसको अर्थ यो हो कि उहाँले सबैभन्दा उच्च विकसित प्राणीहरूका सबै राम्रा गुणहरूलाई अवतार र प्रतिनिधित्व गर्नुहुन्छ। तपाईं साँच्चै उच्च प्राप्ति गरेको कोहीको उपस्थितिमा हुनुहुन्छ। मैले वास्तवमा यो परिचय गराउने प्रयास गरें, तर कसैलाई चासो देखाईनन्!

सारांश

कतिपयले उहाँलाई आफ्नो आध्यात्मिक गुरु ठान्छन् भने, अरूले उहाँलाई एक सुपरस्टारको रूपमा हेर्छन्। त्यस्ता पनि छन् जो उहाँलाई “भेडीको छालामा भेड़ियो” जस्तो भन्छन्। तर सत्य के हो भने, दलाई लामाले धर्मनिरपेक्ष नैतिकता र धार्मिक सद्भावनालाई प्रवर्द्धन गरेर अरूको हितका लागि र विश्व शान्तिका लागि अथक परिश्रम गर्नुहुन्छ। माया, करुणा र बुद्धिमत्ताको जीवित प्रतीकको रूपमा, उनी हामीलाई प्रेरणा दिन्छन् र देखाउँछन् कि हामी मानिसहरूले के के हासिल गर्न सक्छौं।

Top