ध्यानः मुख्य बुँदाहरू

ध्यानका धेरै प्रकारहरू छन्। कुनै एकको प्रभावकारी ढंगले अभ्यास गर्नका लागि हामीले ठ्याक्कै कस्तो चित्तावस्थाको विकास गर्न खोजेको हो, त्यसको सुस्पष्ट र सही जानकारी हुनु आवश्यक छ। ध्यानको विषय, त्यसको विस्तृत विवरण, त्यसलाई आफ्नो चित्तले कसरी धारण गर्ने, चित्तको त्यो अवस्था विकास गर्न केले सहयोग गर्छ, केले वाधा पुर्याउँछ, चाहेको चित्तावस्था हासिल गरिसकेपछि त्यसको उपयोग कसरी गर्ने, र त्यसले हामीलाई केबाट मुक्ति दिलाउँछ – यी सबै कुराको राम्रो जानकारी हुनुपर्छ। त्यस्तै ध्यानका लागि उपयुक्त वातावरण के हुन्छ, कसरी बस्ने, कस्तो चकटी लिने, ध्यानसाधनाको सत्र कसरी शुरु गर्ने, कसरी अन्त गर्ने – यी सबै कुराको जानकारी हुनुपर्छ।

Top