चार आर्य सत्यबाट तीन रत्नतर्फ
पुनरावलोकन परम पूजनीय दलाई लामाद्वारा रचित वन्दनाको पंक्तिमाथिको हाम्रो छलफललाई निरन्तरता दिँदैछौं। यसमा दुई सत्यबाट चार सत्यको बोध कसरी हासिल गर्ने र त्यसका आधारमा तीन बहुमूल्य रत्नमाथि दृढ विश्वास कसरी जागृत गर्ने भन्ने बताइएको छ। कुनै पनि चीज कसरी अस्तित्वमा रहन्छ भन्ने...