बुद्धधर्मको अध्ययन कसरी गर्नेः श्रवण, चिन्तन र ध्यान

बुद्धधर्मका शिक्षाहरू तथा तिनमाथि गरिने ध्यानले हामीलाई आफ्ना समस्याबाट बचेर भाग्ने होइन, अपितु तिनको सामना गर्न र तिनीहरू फेरी फर्केर नआउने विन्दुसम्म तिनको निराकरण गर्न सहयोग गर्छन्। बौद्ध पद्धतिमा प्रथमतः हामी शिक्षामा बताइएको हितकारी विषयका बारेमा जानकारी हासिल गर्छौं र तिनमा चिन्तन गर्छौं। विषयलाई राम्रोसँग बुझिसकेपछि हामी त्यसमा ध्यान गर्छौं र त्यसलाई एक हितकारी बानीका रूपमा विकास गर्छौं। हाम्रो मुख्य लक्ष्य यसलाई आफ्नो दैनिक जीवन व्यवहारमा उतार्ने हो।
Top