मार्गदर्शित ध्यानको अभ्यास कसरी गर्ने

यी मार्गदर्शित ध्यानहरूको अभ्यासमार्फत हामी हितकर बानीहरूको विकास गर्न सक्छौं।
Meditatation how to use the guided meditations

लक्ष्य – तिब्बती बौद्ध परम्परामा ध्यानको अर्थ के हो, जान्नुहोस्; यो कसरी गरिन्छ, सिक्नुहोस्; र यसको अभ्यासको मार्गदर्शन प्राप्त गर्नुहोस्। 

लक्षित वर्ग – सबै उमेर समूह र स्तरका लागि 

संरचना 

  • व्याख्या (समस्या, कारण, उदाहरण, उपाय)
  • ध्यान (संकेत शब्दको मद्दतले मार्गदर्शन)
  • सारांश

कहाँ गर्ने – कुनै स्थान जो शान्त, सफा र व्यवस्थित छ।

कहिले गर्ने –  बिहानको समयमा, आफ्नो दैनिक क्रियाकलापमा व्यस्त हुनुअघि। त्यो सम्भव नभए दिनको अन्तमा, सुत्नुअघि। 

कसरी बस्ने – चकटीमाथि पलेँटी कसेर। चकटी एकदमै अग्लो, एकदमै होचो, एकदमै नरम वा एकदमै कडा हुनु हुँदैन। त्यो सम्भव नभए ढाड सीधा भएको कुर्सीमा बस्ने। जेमा बसेपनि आफ्नो ढाडलाई सीधा राख्ने र हातहरूलाई खप्टेर काखमा राख्ने। आँखालाई आधा खुला राख्नु र दृष्टिलाई अगाडि भूईतर्फं ढीला छाडिदिनु उत्तम हुन्छ।  

कतिपल्ट ध्यान गर्ने – दिनमा कम्तीमा एकपल्ट। सम्भव भएमा दुईपल्ट (बिहान दैनिक चर्या शुरु गर्नुअघि र राती सुत्नुअघि)। यहाँ प्रस्तुत ध्यानहरू हरेकलाई कम्तीमा एक हप्ता गर्ने, र यहाँ दिइएकै क्रममा गर्ने। आवश्यक परेका बेला पहिले गरिसकेका कुनै पनि ध्यान अभ्यासलाई दोहोर्याउन सक्नुहुनेछ। 

थप निर्देशनका लागि – 

(हेर्नुहोस्ः ध्यान कसरी गर्ने)

Top